“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०९-१८
- A
- A-
- A+
जिल्ला
दोलखा मेलुङ गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २४
बाङगेमुढा बस्ने बर्ष ५० को ढाल बहादुर बुढाथोकीले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक
रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ती रु. ६,००,०००/- (
अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, रोमानिया पुगेपछि फुड प्याकिङ मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-(
अक्षेरुपी एक लाक रुपैयाँ ) भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा
पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २१,३६,०००/- (अक्षेरुपी एक्काइस लाख छत्तिस हजार रुपैयाँ )
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।१८ गते अं. १२:०० बजेको समयमा जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. २५ असनमा पुग्दा निज हरु मध्येका ढाल बहादुर
बुढाथोकीलाई पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : ढाल
बहादुर बुढाथोकी
उमेर : ५० वर्ष
वतन : जिल्ला दोलखा मेलुङ गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २४ बाङगेमुढा ।