“ जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०९-१९
- A
- A-
- A+
जिल्ला
झापा कमल गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं. ३
बानियाटार बस्ने मान बहादुर कुलुङको छोरा वर्ष ५० को गणेश कुमार कुलुङ राईले भक्त बहादुर
राई समेत २ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति
रु. १५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ ) लाग्छ, जापान पुगेपछि प्रतिष्ठित
होटलमा कुक काम लगाइदिन्छु, मासिक रु. २,००,०००/-( अक्षेरुपी दुई लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ६,५०,०००/-
(अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज गणेश कुमार कुलुङ राईको खोजतलास गर्ने
क्रममा मिति २०८०।०९।१८ गते अं. १७:०० बजेको समयमा जिल्ला काठमाण्डौं टोखा न.पा.
वडा नं. १६ माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : गणेश कुमार कुलुङ राई
उमेर : ५० वर्ष
वतन : जिल्ला झापा कमल गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं.३ बानियाटार ।