“अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-०९-२०
- A
- A-
- A+
पिडितले प्रयोग गर्ने मोबाइल नम्बरमा Unknown
Source भएको ULR Link SMS मार्फत पठाई सोहि
लिंकको Access लिई पिडितको बैंक खातामा अनाधिकृत रुपमा पहुँच
पुर्याई खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरी
रकम लिई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला धनुषा जनकपुर उ.प.म.न.पा.
वडा नं. १४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ जडिबुटी बस्ने बर्ष
२१ को भाग्य नारायण यादबलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं
कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको ।
पक्राउ परेका ब्यक्तिको विवरण:
१. नामथर : भाग्य नारायण यादब
उमेर : २१ बर्ष
ठेगाना : जिल्ला
धनुषा जनकपुर उ.प.म.न.पा. वडा नं. १४
हाल : जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ३२ जडिबुटी