“NETWORKING मार्फत काम लगाई दिने भनि प्रलोभनमा पारी ठगी गर्ने ब्यक्ति पक्राउ”
२०८०-०९-२२
- A
- A-
- A+
सामाजिक संजाल Facebook लगायतमा
कामदारको माग गर्दै बिज्ञापन पोष्ट गरी जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ७
चावहिल, गंगाहिटी, काठमाण्डौको
महाराजगंज लगायतका विभिन्न स्थानहरूमा Vision Dreamery Pvt.
Ltd. संचालन गरी विभिन्न कम्पनीहरूमा मासिक
ने.रू. ५० हजार भन्दा बढी तलब हुन्छ भनि विभिन्न
किसिमका सिपमुलक तालिम प्रदान गरी नोकरी लगाई दिने भनि विश्वास दिलाई प्रतिव्यक्ति ने.रू १,१३,०००। का दरले १५ जनाबाट १६ लाख ९५ हजार रकम लिई तालिम समेत नदिई कार्यालय
नै बन्द गरी सम्पर्क बिहिन भई ठगी गरेको
हुँदा उक्त Vision Dreamery Pvt. Ltd. का संचालक हिमाल राईलाई यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०८०।०९।२० गते
काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ चपली
हाईटको घुम्तीबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि प्रहरी बृत गैशाला पठाईएको ।
पक्राउ ब्यक्ति:
नाम थर:- हिमाल राई
स्थायी वतन:- जिल्ला खोटाङ केपिलासगढी गा.पा. वडा नं. २
हाल:- जिल्ला काठमाण्डौ
बुढानिलकण्ठ न.पा. वडा नं. ४
उमेर: ३४ बर्ष