“रातको समयमा मोबाईल पसल चोरी गर्ने र पाकेटमारी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ ”
२०८०-०९-२३
- A
- A-
- A+
मिति
२०८०/०८/१४ गते रातीको समयमा का.जि.का.म.न.पा.वडा नं. ३२ पेप्सिकोला स्थित एक्टिभ मोबाईल पसलको
छाना फोडी प्रबेश गरी विभिन्न कम्पनिका २७ थान मोबाईल सेट तथा घडीहरु समेत गरी
अन्दाजी रू.५,५२,९००/- ( पाचँ लाख वाउन्न हजार नौ सय ) बराबरको धनमाल चोरी
भएको घटनाको अनुसन्धानको क्रममा उक्त चोरी कार्यमा संलग्न जिल्ला सप्तरी कटौना
गा.पा.वडा नं.९ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३२ पेप्सिकोला बस्ने बर्ष ३२ को
रामानन्द मण्डल समेतका मानिसहरु खुल्न आएकोले निजहरुलाई यस कार्यालयबाट खटि गएको
प्रहरी टोलीले मिति २०८०/०९/२२ गते अन्दाजी १६:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा
नं. ३२ पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाईल सहित पक्राउ गरिएको ।
साथै
का.जि.का.म.न.पा.महाराजगञ्ज चोक स्थित सार्वजनिक यातायातमा सवार भई आएका मान
बहादुर भण्डारीको साथमा रहेको नगद रू १८०००/- पाकेटमारी कार्यमा समेत संलग्न रहेका
जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा.वडा नं.५ घर भई हाल का.जि.का.म.न.पा.वडा
नं.३२ पेप्सिकोला बस्ने बर्ष ३५ को क्रासाङ लामा र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे
न.पा.वडा नं.३ घर भई हाल का.जि.टोखा बस्ने बर्ष ३५ को विष्णु थापालाई पक्राउ गरी आवश्यक
कारबाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु पठाईएको ।
पक्राउ
व्यक्तिहरु :-
१.
नाम :- रामानन्द मण्डल
उमेर :- ३२ बर्ष
ठेगाना :- जिल्ला सप्तरी कटौना गा.पा.वडा नं.९
हाल
:- का.जि.का.म.न.पा.वडा नं.३२ पेप्सिकोला
२. नाम :- क्रासाङ लामा
उमेर
:- ३५ बर्ष
ठेगाना
:- जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा.वडा नं.५
हाल
:- का.जि.का.म.न.पा.वडा नं.३२ पेप्सिकोला
३. नाम :- विष्णु थापा
उमेर
:- ३५ बर्ष
ठेगाना :- जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं.३
हाल :- का.जि.टोखा