“ माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ ”
२०८०-०९-२३
- A
- A-
- A+
जिल्ला
मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा.वडा नं.
५ धापासी बस्ने पर्शुराम सुवेदीको छोरा क्यापिटल मेनपावरको संचालक वर्ष ४४ को टंक
प्रसाद सुवेदीले तुलसी राम कँडेललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु
त्यसको लागि प्रतिव्यक्ति रु. ७,५०,०००/- ( अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ )
लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. ८०,०००/-(
अक्षेरुपी असी हजार रुपैयाँ ) तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,००,०००/- (अक्षेरुपी तीन लाख रुपैयाँ
) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज टंक
प्रसाद सुवेदीको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।२२ गते अं. १६:०० बजेको समयमा
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३ बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : टंक प्रसाद
सुवेदी
उमेर : ४४ वर्ष
वतन : जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा.वडा नं. ५ धापासी