“ माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०८०-०९-२३
- A
- A-
- A+
जिल्ला
झापा बिर्तामोड न.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १५
सातदोबाटो बस्ने नारायण दाहालको छोरा वर्ष ३४ को विक्रम
दाहालले बिनिता तामाङलाई
वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ९,००,०००/-
( अक्षेरुपी नौं लाख रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-(
अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ८,९०,०००/- (अक्षेरुपी आठ लाख
नब्बे हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले निज विक्रम दाहालको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।२२ गते अं. १५:३०
बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १५ सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : विक्रम दाहाल
उमेर : ३४ वर्ष
वतन
: जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ४
घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १५ सातदोबाटो