“पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ति पक्राउ”
२०८०-०९-२४
- A
- A-
- A+
जिल्ला
दोलखा भिमेश्वर न.पा. वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा
नं. ८ जरंखु बस्ने ध्रुव श्रेष्ठको छोरी वर्ष ३० की पुजा
श्रेष्ठले
कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति
रु. ८,५०,०००/- ( अक्षेरुपी आठ लाख पचास हजार रुपैयाँ ) लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. १,५०,०००/-(
अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ ) तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. २,१५,०००/- (अक्षेरुपी दुई लाख पन्ध्र
हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले निज पुजा श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।२३ गते अं. १४:३०
बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : पुजा श्रेष्ठ
उमेर : ३० वर्ष
वतन : जिल्ला
दोलखा भिमेश्वर न.पा. वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं.
८ जरंखु