“ टर्की पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०८०-०९-२५
- A
- A-
- A+
जिल्ला
नवलपरासी (ब.सु. पश्विम) बर्दघाट न.पा. वडा नं. १५ घर भई हाल जिल्ला नवलपरासी
(ब.सु.पूर्व) देवचुली न.पा. वडा नं. १७ बस्ने तेज बहादुर तामाङको छोरा वर्ष २६ को महेश
तामाङले रमेश थापा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि टर्की पठाईदिन्छु त्यसको लागि
प्रतिव्यक्ति रु. ४,५०,०००/- ( अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ ) लाग्छ, टर्की
पुगेपछि प्रतिष्ठित
कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-(
अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ५,५०,०००/- (अक्षेरुपी पाँच लाख पचास
हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोमा वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराई दिन हुन भनी पत्राचार भएकोमा निज अभियुक्त जिल्ला
नवलपरासी (पूर्व) देवचुली न.पा. वडा एरियामा रहेको पिडितबाट खुलेपश्चात ई.प्र.का.
रजहर नवलपरासी (पूर्व) सँग समन्वय गरी निज महेश तामाङको खोजतलास गर्ने क्रममा मिति
२०८०।०९।२४ गते अं. १०:३० बजेको समयमा जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा. वडा
नं. १७ बाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : महेश तामाङ
वतन : जिल्ला नवलपरासी (ब.सु. पश्विम) बर्दघाट न.पा. वडा नं. १५ घर भई हाल जिल्ला नवलपरासी (ब.सु.पूर्व) देवचुली न.पा. वडा नं. १७