“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०८०-०९-२६
- A
- A-
- A+
जिल्ला
धनकुटा, धनकुटा न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३२
बस्ने मछिन्द्र बहादुर राईको छोरा वर्ष ३२ को दिपेन्द्र
राईले जयराम भण्डारीलाई
वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ११,००,०००/-
( अक्षेरुपी एघार लाख रुपैयाँ ) लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-(
अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख रुपैयाँ
) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज दिपेन्द्र
राईको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।२५ गते अं. १३:०० बजेको समयमा जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : दिपेन्द्र राई
उमेर : ३२ वर्ष
वतन : जिल्ला धनकुटा, धनकुटा न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३२ ।