“ चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-०२
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला मोरङ विराटनगर म.न.पा. वडा
नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ हात्तिगौँडा बस्ने थाम सिंह राईको
छोरा वर्ष ३९ को विकास राईले दिवान गिरी समेतलाई वैदेशिक रोजगारीको लागि चेक
रिपब्लिक पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. १३,००,०००/- ( अक्षेरुपी तेह्र लाख
रुपैयाँ ) लाग्छ, चेक रिपब्लिक पुगेपछि प्ततिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक
रु. १,८०,०००/-( अक्षेरुपी एक लाख असी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटकपटक गरी जम्मा रु. १,८०,०००/- (अक्षेरुपी एक लाख असी हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी
टोलीले निज विकास राईको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।२६ गते अं. १३:३० बजेको
समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : विकास
राई
उमेर : ३९ वर्ष
वतन
: जिल्ला मोरङ विराटनगर म.न.पा. वडा
नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ हात्तिगौँडा