“ माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-०२
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला पाल्पा बग्नासकाली गा.पा.
वडा नं. ०१ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १५ स्वयम्भु बस्ने थमन
सिंह रानाको छोरी वर्ष ३० की मायादेवी रानाले दिपक राज कँडेल समेतलाई वैदेशिक
रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ८,००,०००/- (
अक्षेरुपी आठ लाख रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक रु.
१,५०,०००/-( अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ४३,००,०००/- (अक्षेरुपी त्रिचालिस लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मायादेवी
रानाको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।२९ गते अं. १३:३० बजेको समयमा जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : मायादेवी
राना
उमेर : ३० वर्ष
वतन
: जिल्ला पाल्पा बग्नासकाली गा.पा. वडा
नं. ०१ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १५
स्वयम्भु ।