"बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ बर्ष पछी पक्राउ"
२०८०-१०-०५
- A
- A-
- A+
मिति २०६५/०६/२९ गते जि. काभ्रे शिखर आम्बोटे गा.बि.स. वडा नं.-१, साबिक रोशि गाउँपालिका वडा नं.-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुर मगर र सन्त बहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेकोमा यस काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलिले मिति २०८०/०९/२४ गते पक्राउ गरि मिति २०८०/०९/२५ गते सन्त बहादुर मगरलाई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत काठमाण्डौमा बुझाईएको र टंक बहादुर मगरको स्वास्थ्यमा समस्या आएको कारणले उपचार पश्चात मिति २०८०/१०/०५ गते आवश्यक कानूनी कारवाहीको लागी सम्मानित जिल्ला अदालत काठमाण्डौमा बुझाईएको ।
पक्राउ ब्यक्ति
नाम :- टंक बहादुर मगर
उमेर :- ४४
वतन : - जिल्ला काभ्रे शिखर आम्बोटे गा.बि.स.वडा नं.-१, साबिक रोशि गाउँपालिका वडा नं.-३
नाम :- सन्त बहादुर मगर
उमेर :- ४२
वतन : - जिल्ला काभ्रे शिखर आम्बोटे गा.बि.स.वडा नं.-१, साबिक रोशि गाउँपालिका वडा नं.-३