“ मध्यरातमा महिलाको घरमै गई ज.क. गर्न खोज्ने व्यक्ति पक्राउ ”
२०८०-१०-०८
- A
- A-
- A+
जिल्ला
सल्यान दार्मा गा.पा. वडा नं. ०४ भल्चौर घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं. २६ मित्रनगर बस्ने टेक बहादुर थापाको छोरा बर्ष २९ को बिक्रम थापाले संकेत
नामथर वतन ५५ थारमारे ०८०-१० लाई मिति २०८०।०९।१६ गते राती १२:०० बजेको समयमा
निजको घरमै ज.क गर्न खोज्दा महिलाले प्रतिकार गर्दा महिलालाई कुटपिट समेत गरी फरार
भएकोमा यस कार्यालयबाट वैदेशिक रोजगारमा ठगी गरेको अजय थापालाई खोज्ने क्रममा निज
विक्रम थापाको मोवाइल हेर्दा शंकास्पद देखि जिल्ला प्रहरी कार्यालय सल्यानसँग
समन्वय गर्दा निज विक्रम थापाले महिलालाई जबरजस्ती करणी गर्ने उदेश्यले मध्यरातमा
घरमा प्रवेश गरी महिलाले प्रतिकार गर्दा कुटपिट गरी फरार रहेको र उक्त मुद्धा यस
कार्यालयमा दर्ता रहेकोले उपस्थित गराई दिन भनि यस कार्यालयलाई पत्रचार गरेकोमा
निज बिक्रम थापाको मिति २०८०।१०।०५ गते अं. २१:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं. २६ मित्रनगरबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि ई.प्र.का. थारमारे, सल्यानको प्रहरी कर्मचारीको साथ
लगाई पठाईएको ।
निम्न:
नाम थर : बिक्रम थापा
उमेर : २९ वर्ष
वतन : जिल्ला सल्यान दार्मा गा.पा. वडा नं. ०४ भल्चौर घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ मित्रनगर