“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-१२
- A
- A-
- A+
जिल्ला
नुवाकोट लिखु गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं तार्केश्चर न.पा.
नेपालटार बस्ने भिमराज न्यौपानेको छोरा बर्ष २४ को रोजिन न्यौपानेले निरज धमला समेत
७ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु.
१०,००,०००/-( अक्षेरुपी दश लाख रुपैयाँ ) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि
कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,२०,०००/- ( अक्षेरुपी एक लाख बीस हजार
रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक
गरी जम्मा रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन
भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रोजिन न्यौपानेलाई
खोजतलास गर्ने क्रममा मिति २०८०।१०।१० गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौं
माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : रोजिन न्यौपाने
उमेर : २४ वर्ष
वतन : जिल्ला नुवकोट लिखु गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला
काठमाण्डौ तार्केश्चर न.पा. नेपालटार ।