“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-१५
- A
- A-
- A+
जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. २९ घर भई हाल ऐ.ऐ. वडा नं. ०५ हाँडीगाउँ बस्ने गणेश
विलास जोशीको छोरा बर्ष ४३ को ग्रिस विलास जोशीले सुस्मिता थापालाई वैदेशिक
रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ३०,००,०००/- (
अक्षेरुपी तीस लाख रुपैयाँ ) लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा Waiter काम लगाइदिन्छु, मासिक रु. २,००,०००/-(
अक्षेरुपी दुई लाख रुपैयाँ ) तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ६,००,०००/-
(अक्षेरुपी छ लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले
यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज ग्रिस विलास जोशीको खोजतलास गर्ने क्रममा
मिति २०८०।१०।१५ गते अं. १०:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १
जमलबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : ग्रिस विलास जोशी
उमेर : ४३ बर्ष
वतन : जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २९ घर भई हाल ऐ.ऐ. वडा नं. ०५ हाँडीगाउँ ।