“ माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-१७
- A
- A-
- A+
जिल्ला
कास्की पोखरा म.न.पा वडा नं. १३ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा वडा
नं. ०१ सुन्दरबस्ती बस्ने मान बहादुर
गुरुङको छोरा बर्ष ३८ प्रकाश गुरुङले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा
पठाईदिन्छु, त्यसको लागि रु.८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ ) लाग्छ, माल्टा
पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. १,२०,०००/- ( अक्षेरुपी एक
लाख बीस हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक
पटक गरी जम्मा रु. ६,१८,०००/- (
अक्षेरुपी छ लाख अठार हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निज प्रकाश गुरुङको खोजतलास गर्ने क्रममा मिति
२०८०।१०।१६ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँ
बानेश्चरबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।
निम्न:
नाम
थर : प्रकाश गुरुङ
उमेर : ३८ वर्ष
वतन : जिल्ला कास्की पोखरा म.न.पा वडा नं. १३ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा वडा नं. ०१ सुन्दरबस्ती ।