“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-१८
- A
- A-
- A+
जिल्ला
सल्यान बंगाद कुपिन्डे न.पा. वडा नं.७ घर भई हाल का.जि.म.न.पा.वडा नं.२६ सामाखुशी
बस्ने शेर बहादुर ओलीको छोरा बर्ष ४२ को जगत ओली क्षेत्रीले बिमान तामाङलाई वैदेशिक
रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि रु. ६,५०,०००/- ( अक्षेरुपी छ लाख
पचास हजार रुपैयाँ ) लाग्छ, रोमानिया पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक रु. ७०,०००/-(अक्षेरुपी
सत्तरी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १,५०,०००/- (अक्षेरुप एक लाख पचास
हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले जगत ओली क्षेत्रीको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।१७ गते अं. १४:३०
बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : जगत ओली क्षेत्री
उमेर : ४२ वर्ष
वतन : जिल्ला सल्यान बंगाद कुपिन्डे न.पा. वडा नं.७ घर भई हाल का.जि.म.न.पा.वडा नं.२६ सामाखुशी