“ जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-१८
- A
- A-
- A+
जिल्ला
गोरखा पालुङटार न.पा. वडा नं.१ घर भई हाल का.जि.म.न.पा.वडा नं.२६ सामाखुशी बस्ने कृष्ण
प्रसाद भट्टराईको छोरा बर्ष ३० को भरत भट्टराईले बिमला लामालाई वैदेशिक रोजगारीको
लागि जापान पठाईदिन्छु त्यसको लागि रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ )
लाग्छ, जापान पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक रु. १,७०,०००/-(अक्षेरुपी एक लाख
सत्तरी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. २,००,०००/- (अक्षेरुप दुई लाख रुपैयाँ
) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज भरत
भट्टराईको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।१७ गते अं. १४:०० बजेको समयमा का.जि.का.म.न.पा.
वडा नं. २६ सामाखुशीबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : भरत भट्टराई
उमेर : ३० वर्ष
वतन : जिल्ला गोरखा पालुङटार न.पा. वडा नं.१ घर भई हाल का.जि.म.न.पा.वडा नं.२६ सामाखुशी