“युरोप पठाउने प्रलोभनमा ६०० जना भन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने थप एक जना पक्राउ”
२०८०-१०-१८
- A
- A-
- A+
जिल्ला ललितपुर, नल्लु गा.वि.स.वडा
नं.०५ हाल परिवर्तित कन्जोसोम गा.पा.वडा नं.०४ घर भई हाल जिल्ला ललितपुर, ईमाडोल
बस्ने वर्ष ३२ को विकाश वाईवा भन्ने सुजन तामाङले का.जि.का.म.न.पा.वडा नं.१६
बालाजु चोँक स्थितमा Euro Wings Education Consultancy संचालन गरी
आफूलाई विकाश वाईवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोयसिया
लगायतका देशहरूमा पठाई दिन्छु भनि प्रलोभनमा पारी ६०० जना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट
करोडौं रकम ठगी गरेको घटनामा अर्जुन तामाङ भन्ने कर्म तामाङ्ग को नाममा समेत बैदेशिक
रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकोमा यस कार्यालयबाट
खटिएको विषेश टोलिले निजलाई पक्राउ गरी बैदेशिक रोजगार विभाग, ताहाचाल काठमाण्डौ
पठाईएको ।
पक्राउ व्यक्ति :
१. नाम : अर्जुन तामाङ भन्ने कर्म तामाङ्ग
उमेर : ३२ वर्ष
ठेगाना : किस्पाङ-०१, नुवाकोट
हाल : सामाखुसी, काठमाण्डौ
v अनुसन्धानको क्रममा खुल्न आएका कुराहरूः-
·
अर्जुन तामाङ Euro
Wings Education Consultancy मा Marketing Agent तथा Counsellor को रूपमा काम गर्दै आएको
·
सुजन
तामाङको अनुपस्थितिमा अर्जुन तामाङ भन्ने कर्म तामाङ्ग ले रकम संकलन गर्ने बुझिएको