“माल्दिभ्स पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-१०-२१
- A
- A-
- A+
जिल्ला
खोटाङ बाक्सिला गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.
३२ काडाँघारी बस्ने बालकृष्ण कार्कीको श्रीमती बर्ष ४३ की फूलमाया खत्रीले प्रकाश
बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाईदिन्छु त्यसको लागि रु. ५,००,०००/-
( अक्षेरुपी पाँच लाख रुपैयाँ ) लाग्छ, माल्दिभ्स पुगेपछि प्रतिष्ठित कम्पनीमा Security Guard काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-(
अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ४,४०,०००/-
(अक्षेरुपी चार लाख चालीस हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई
ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज फूलमाया खत्रीको खोजतलास
गर्ने क्रममा मिति २०८०।१०।१९ गते अं. १७:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ३२ काडाँघारीबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : फूलमाया खत्री
उमेर : ४३ वर्ष
वतन
: जिल्ला खोटाङ बाक्सिला गा.पा.
वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ काडाँघारी