“बैंकिङ कसुर मुद्दाको फरार ब्यक्ति पक्राउ”
२०८०-१०-२२
- A
- A-
- A+
देवराज राउतको जाहेरीले बैंकिङ कसुर मुद्दामा श्री उच्च
अदालत पाटनबाट मिति २०८०।०२।१९ गतेको
फैसलाले प्रतिवादी ईश्वर बिकास श्रेष्ठलाई
रु ८,७५,०००।– ( अक्षरुपी आठ लाख पचत्तर हजार मात्र ।-) को विगो वापतको रकम र ३ दिन कैद जरिवाना
भई हाल फरार रहेका जिल्ला उदयपुर त्रियुगा न.पा.वडा नं. ८ घर भई हाल
का.जि.का.म.न.पा.वडा नं. ३१ बस्ने बर्ष ३२ को ईश्वर बिकास श्रेष्ठलाई मिति
२०८०।१०।२२ गते यस कार्यालयबाट खटिएको प्रहरीटोलीले का.जि. गैशालाबाट पक्राउ गरी फैसला
कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल
काठमाण्डौमा पठाईएको ।
पक्राउ ब्यक्ति:
नाम: ईश्वर बिकास श्रेष्ठ
उमेर: ३२ बर्ष
ठेगाना: जिल्ला उदयपुर त्रियुगा न.पा.वडा नं. ८
हाल:- का.जि.का.म.न.पा.वडा नं. ३१