“अखाद्य बस्तु उद्योग सिल गरिएको सम्बन्धमा”
२०८०-१०-२२
- A
- A-
- A+
मिति २०८०।१०।२२ गते जिल्ला ललितपुर महालक्ष्मी
नगरपालिका वडा नं.८ मा रहेको मिनाक्षी खाद्य उद्योगले बिभिन्न म्याद
गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको
स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भईरहेको भन्ने गोप्य सूचनाको अधारमा यस कार्यालयबाट
खटिएका बिशेष प्रहरी टोली र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले शंकास्पद उद्योगमा अनुसन्धान गर्दा Expire Date मेटिने स्प्रिट, Date रिलेभलिङ
गर्ने मेसिन, Farm city Brand को Cornflakes, Chocos,
Oats, Museli हरुमा गलत Expiry Date राखिएको र
Badshah Brand को Date Expired भएका र
नभएका बिभिन्न मसालाहरु एकै ठाउँमा राखिएको पाइएकोले उक्त मिनाक्षी खाद्यय उद्योग स्थानिय जन प्रतिनिधि र बाणिज्य आपुर्ति
तथा उपभोक्ता संरक्षण बिभागको अनुसन्धान टोलीको
रोहबरमा सिल गरिएको । साथै मिनाक्षि खाद्यय उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिन भित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको ।