प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ अर्काको नागरिकतामा आफ्नो फोटो टासी कंसलटेन्सी खोली रकम ठगी गर्ने ब्यक्तिहरु पक्राउ ”

२०८०-१०-२४

  • A
  • A-
  • A+
Share

घटना विवरण :

                   जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. ०३ घर भई हाल जिल्ला ललितपुर ल.पु.म. न.पा. वडा नं. ९ नख्खु मिलनटोल बस्ने बलिराम सिहंको छोरा बर्ष ३५ को रामेश्वर सिंह समेत २ जनाले राज कुमार बजगाई समेत ५५ जनालाई वैदेशिक रोजगारीको लागि युरोप मुलुक पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ७,००,०००/-( अक्षेरुपी सात लाख रुपैयाँ ) लाग्छ, युरोप मुलुक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,५५,०००/- ( अक्षेरुपी एक लाख पचपन्न हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ६३,००,०००/- ( अक्षेरुपी तिर्सठ्ठी लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रामेश्वर सिंहको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।२३ गते अं. १७:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ९  मिलनटोलबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको ।

                                                    पक्राउ ब्यक्तिहरु:-

१.      नाम थर : सरोज यादव र नागेन्द्र यादव नाम बताउने रामेश्वर सिंह

उमेर      : ३५ वर्ष 

वतन     : जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर ल.पु.म. न.पा. वडा नं. ९ नख्खु

                           मिलनटोल ।                                                                                                            

२.      नामथर : सरोज यादव नाम बताउने राम सेवक सिंह 

       उमेर    : २७ बर्ष

वतन   : जिल्ला धनुषा मिथिला न.पा. वडा नं. ०२ नक्टाजिच घर भई हाल जिल्ला ललितपुर लपु.म.न.पा. वडा नं. १८ नख्खु ।

 अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-

·        रामेश्वर सिंह बजाज ओभरसिसमा मिति २०७४ सालदेखि कर्मचारीको रुपमा १ बर्ष काम गरी वैदेशिक काम सिकेको ।

·        मिति २०७४ सालको फाल्गुनमा भेरी ओभरसिस किनेर संचालन गरेकोमा  २०० जनालाई ३ करोड ठगी गरेकोमा १ बर्ष ६ महिना जेल बसेर निस्केको ।

·        भेरी ओभरसिसमा विदेश जान पेश गरेकोमा सरोज यादव नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण प्रत्रमा  आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टासी विराट कन्सलटेन्सी विर्तामोड गडीमाई कन्सलटेन्सी काठमाण्डौं कमलमाई कन्सलटेन्सी दर्ता गरी  ४८ जनाबाट रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी प्रतिव्यक्ती  ७ लाख सम्म रकम उठाएको ।

·        सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एन.आई.सी. एसिया बैंक र कामना विकाश वैंकमा खाता खोली कारोबार रामसेवक सिंहबाट गर्ने गरेको ।

·        सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादव धनुषा मै रहेको निजहरुलाई आफ्नो नागरिकता दुरुपयोग भै धेरै ब्यक्ति ठगीएको जानकारी नभएको, उहाहरु सबै जना गाउँमा कृषि पेशा गरी बसेको ।

·        पिडितहरुले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिएकोमा यस कार्यालयबाट निजहरुलाई खोज्ने क्रममा अनुसन्धान  गर्दै  जादा ठगी कार्यमा रामेश्वर सिंहले आफ्नो  ज्वाई नाता पर्ने  राम सेवक सिंह को फोटो टासी उल्लेखित  व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुल्न आएको ।

·        निज रामेश्वर सिंहलाई २०७४ सालमा ठगी मुद्धा चली १ बर्ष ६ महिना कैद भएको ।

·        मिति २०७८ सालमा ठगी मुद्धामा  फरार रहेको

·        मिति  २०७९ सालमा सिन्धुली जिल्लामा लागु औषध मुद्धा चली २४ दिन कैद र  २००० जरीवाना भएको ।

·        निजहरुको साथबाट विभिन्न ब्यक्तिको नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको ।

·        निजहरु उपर ठगी, किर्ते जालसाजी, बैकिङ कसुर लगायतका  अपराध मुद्धामा अनुसन्धान हुने । 

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।