“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-२५
- A
- A-
- A+
जिल्ला
चितवन खैरेनी न.पा. वडा नं. १३ घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. ११
चापागाँउ बस्ने हिरा बहादुर गरुङको छोरी मान बहादुर थिङको श्रीमती बर्ष ३९ की
शान्ती गरुङले सन्तोषी कुमारी थापा समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु
त्यसको लागि प्रतिव्यक्ति रु. ३,००,०००/-( अक्षेरुपी तीन लाख रुपैयाँ ) लाग्छ, दुबई
पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु, मासिक रु. ७०,०००/- (
अक्षेरुपी सत्तरी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ५,००,०००/- ( अक्षेरुपी पाँच लाख रुपैयाँ ) रकम
लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शान्ती
गुरुङको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।२४ गते अं. १२:०० बजेको समयमा जिल्ला
ललितपुर गोदावरी न.पा. वडा नं. ११ चापागाँउबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।
निम्न:
नाम थर : शान्ती गुरुङ
वतन : जिल्ला चितवन खैरेनी न.पा. वडा नं. १३ घर भई हला जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. ११ चापागाँउ ।