“माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-१०-२६
- A
- A-
- A+
जिल्ला
पर्सा विरगंज म.न.पा. वडा नं. १४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२
शान्तीनगर बस्ने बिरेन्द्र प्रसाद पटेलको छोरा बर्ष २५ को धिरज पटेलले विवेक यादवलाई
वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि रु. ११,००,०००/-( अक्षेरुपी
एघार लाख रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक
रु. १,००,०००/- ( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा
पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ५,००,०००/- ( अक्षेरुपी पाँच लाख रुपैयाँ
) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज धिरज
पटेलको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।२५ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ११ बवरमहलबाट पक्राउ गरी
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं
पठाईएको ।
निम्न:
नाम थर : धिरज पटेल
उमेर : २५ वर्ष
वतन : जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १४ घर भई हाल जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ शान्तीनगर ।