“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-२९
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा.वडा नं.०४ घर भई हाल
जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.०६ बस्ने पदम बहादुर खड्काको छोरा बर्ष
६१ को डुल बहादुर खड्काले सुमन के.सी. समेतलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु
त्यसको लागि प्रतिव्यक्ति रु. ६,५०,०००/-( अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ )
लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ९०,०००/- (
अक्षेरुपी नब्बे हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ३,००,०००/- ( अक्षेरुपी तीन लाख रुपैयाँ ) रकम लिई
सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज डुल बहादुर
खड्काको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।२८ गते अं. १३:०० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. २६ सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं
पठाईएको ।
निम्न:
नाम थर : डुल
बहादुर खड्का
उमेर : ६१ वर्ष
वतन : जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं.०४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०६