“ खाडी मुलुक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-१०-२९
- A
- A-
- A+
जिल्ला संखुवासभा चैनपुर न.पा. वडा नं. ११ घर भई हाल जिल्ला
काठमाण्डौं टोखा न.पा. वडा नं. १० बस्ने भैरव बहादुर श्रेष्ठको छोरा बर्ष ४९ को
सुन्दर श्रेष्ठले हेमन्त श्रेष्ठ समेतलाई वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा पठाईदिन्छु
आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट रकम लिई
सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुन्दर
श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।२६ गते अं. ११:०० बजेको समयमा जिल्ला
काठमाण्डौं का.म.न.पा.वडा नं. २६ सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।
निम्न:
नाम थर : सुन्दर श्रेष्ठ
उमेर : ४९ वर्ष
वतन : जिल्ला संखुवासभा चैनपुर न.पा. वडा नं. ११ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. १० टोखा ।