प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ विभिन्न बहानामा करोडौ ठगी गर्ने व्यक्तिहरु पक्राउ ”

२०८०-११-०२

  • A
  • A-
  • A+
Share

घटना विवरण :

सुनका गरगहना विदेशमा निर्यात गर्दछौं भनी जिल्ला काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरुसँग सुन खरिद गरी विश्वासमा पारी प्रलोभन देखाई ठुलो मात्रामा ठगी गरेकोमा  विरेन्द सुनारले जि.प्र.का. कास्कीमा २ करोड विगोको मुद्धा दर्ता  गरिएकोमा जि.प्र.का. कास्कीले यस कार्यालयमा पक्राउको लागी पत्राचार गरेकोमा कुमार थापालाई पक्राउ गरिएको । निज कुमार थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मिना दमै, रविन कुमार थापा र दिलीप कुमार लाभको समेत संग्लनता देखिएको र निजहरुको CRS Report हेर्दा बिभिन्न अपराधमा फरार देखिएकोमा मिना दमैलाई जिल्ला भक्तपुर सल्लाघारीबाट नियन्त्रणमा लिई जि.प्र.का. कास्कीमा १ करोड ७० लाख ५९ हजार को विगो रहेको देखिदा उक्त कार्यालयमा आवश्यक कारवाहीको लागी पठाईएको एवम् निजले चितवनमा समेत १ करोड ३६ लाख ठगी गरेको देखिएको । रविन कुमार थापाको चितवन जिल्लामा ४ वटा वैंकिङ कसुर तथा ठगी मुद्धामा २ करोड ४५ लाख ठगी गरेको देखिएको एवम्  जि.प्र.का. काठमाण्डौंमा ३ वटा मुद्धामा फरार रहेको देखिदा आवश्यक कारवाहीको लागी जि.प्र.का. चितवन पठाइएको र दिलीप कुमार लाभलाई २ वटा मुद्धामा फरार देखिएकोमा जिल्ला अदालत काठमाण्डौं पठाइएकोमा  निजले सर्वोच्च अदालतबाट वन्दी प्रत्यक्षीकरणको रिटबाट जरीवाना दाखिला गरेको देखिदा छाडिएको ।

अनुसन्धान क्रममा खुल्न आएका कुराहरु:-‍

·        पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरीद गरी विश्वास जितेपछि १ करोड ८० लाखका गहना वाहिर निर्यात गर्ने भनी लिई चेक दिई योजना बद्ध रुपमा ठगी गरी फरार रहेको ।

·        भक्तपुर सुडालमा अरु व्यक्तिको नाममा रहेको जग्गा दिलाई दिने भनी दिलीप कुमार लाभले बैना गरी उक्त जग्गा परिवार अटो मोवाइलका संचालकसँग ३ वटा  निसान किक्स गाडी संचालकबाट २६ लाख रकम लिई १२ आना जग्गा  दिन्छु भनी  नदिई सम्पर्क विहीन भएको ।

·        परिवार अटो मोवाइल प्रा.लि. बाट प्र.०१-०२३-०१४४ नम्वरको निसान किक्स गाडी ५४ लाख ५० हजार मुल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएकोले  निजहरुलाई पक्राउ गरेको थाहा पाई उक्त कम्पनीले यस कार्यालयमा निवेदन दिएकोमा दिलीप कुमार लाभबाट कम्पनीलाई गाडी फिर्ता दिलाइएको ।

·        चितवनमा जग्गा दिन्छु भनी  अन्य व्यवसायीहरुको जग्गा बैना गरी १ करोड  ३६ लाख ठगी गरेको पाइएको ।

·         मिना दमै उपर जि.प्र.का. कास्कीमा ७ वटा ठगी मुद्धा दर्ता भएको र चितवनमा २ वटा मुद्धा दर्ता भएकोमा  फरार रहेको ।

·        कुमार थापा विरुद्ध जि.प्र.का. कास्कीमा २ करोड वैंकिङ कसुर मुद्धा दर्ता भएकोमा फरार रहेको ।

·        रविन कुमार थापा जि.प्र.का. चितवनमा ४ वटा मुद्धा र काठमाण्डौंमा ३ वटा मुद्धा दर्ता भई फरार रहेको ।  

·        कुमार थापाले मिना दमैलाई  देखाई निजको नामको चेक दिने र निज बाटै कारोबार गर्ने र महिलाबाट कारोबार गर्दा विश्वास पार्न महिला प्रयोग गर्ने देखिएको ।

·        निजहरु ४ जनाले समुह  बनाई विभिन्न बहानामा विभिन्न व्यक्तिहरुलाई  ठगी गर्ने र ठगी गर्ने क्रममा सुनका गहना, गाडी र  जग्गाको कारोबार गर्ने देखाई विश्वासमा पार्न ठुलो कारोबार भएको देखाउने गरेको ।

 

पक्राउ व्यक्तिहरु:-

१.      नाम थर : कुमार थापा

उमेर     : ३३ वर्ष

वतन    : जिल्ला काभ्रेपलान्चोक भुम्लु गा.पा. वडा नं. ०३

हाल    : जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३० ढुङ्गेपाटन ।

मुद्धा : वैंकिङ कसुर मुद्धा ( विगो २ करोड )

पक्राउ मिति : २०८०।१०।२८ गते अं. १७:०० बजे जिल्ला भक्तपुर कमलबिनायक ।

पठाइएको स्थान : जि.प्र.का. कास्की ।

२.      नाम थर : मिना दमै

उमेर    : ४२ बर्ष

वतन   :  जिल्ला स्याङजा पुतलीबजार न.पा. वडा नं. ०४

      हाल    :  जिल्ला कास्की लेखनाथ न.पा. वडा नं. ३० ।

      मुद्धा   : वैंकिङ कसुर एवम् ठगी मुद्धा ( विगो ३ करोड ६५ लाख ५९ हजार )

      फरार मुद्धा संख्या : ९ वटा

      पक्राउ मिति : मिति २०८०।१०।२९ गते अं. १६:०० बजे जि.भ. सुर्यविनायक न.पा. वडा ०५ सल्लाघारी ।

      पठाइएको स्थान : जि.प्र.का. कास्की ।

३.      नाम थर : रविन कुमार थापा

उमेर     : ४३ बर्ष

      वतन    : जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं. ०५ खनियाखर्क ।

      हाल    : जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. ०८ ।

     मुद्धा : वैंकिङ कसुर एवम् ठगी मुद्धा    ( विगो २ करोड ६०लाख )

    फरार मुद्धा संख्या : ७ वटा

     पक्राउ मिति : मिति २०८०।१०।२९ गते अं. १८:०० बजे का.जि.का.म.न.पा. वडा नं. ०९  सिनामंगल  ।

    पठाइएको स्थान : जि.प्र.का. चितवन ।

४.      नाम थर: दिलीप कुमार लाभ

     उमेर: ३९

     वतन : जिल्ला सप्तरी सप्तकोशी न.पा. वडा नं. ०६ बोहोचे

    हाल : जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ सिनामंगल ।

    मुद्धा : वैंकिङ कसुर मुद्धा ( विगो ११ लाख )

    पक्राउ मिति : मिति २०८०।१०।२९ गते अं. १८:०० बजे का.जि.का.म.न.पा. वडा नं. ०९  सिनामंगल  ।

    पठाइएको स्थान :जिल्ला अदालत काठमाण्डौं ।

·        निजहरु ४ जनाबाट ठगी भएको रकम विगो जम्मा ‍७ करोड ७७ लाख ५९ हजार ।

सम्बन्धित समाचार
“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-२२

घटना विवरण :- मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.५ बाहुनधारा स्थित सडक खण्डमा सामुहिक रुपमा पीडितलाई धारीलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई वारदात पश्चात फरार रहेका ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी अनुसन्धान टोलीले मिति २०८२।०५।१९ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं.१०, गड्डाचौकी स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्तिहरुको विवरण:-१) नाम:-  लोप्साङ बम्जन  उमेर : २८ बर्ष  ठेगाना : जिल्ला सिन्धुपालचोक पाँचपोखरी थाङपाल गा.पा.   वडा नं. ०१ बाँसखर्क स्थायी घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा               नं. ०५ जोरपाटी ।२) नाम:- सुमन तामाङ    उमेर:- २६ बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।३) नाम:- कुमार तामाङ    उमेर:- ३० बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०५-२०

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ३८ कि रञ्जिता थापा(सिटौला)लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:- नामथर : रञ्जिता थापा (सिटौला) उमेर     : ३८ वर्ष ठेगाना  : जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ हाल : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०२ बिगो: रु १५,००,०००।–(पन्ध्र लाख)अनुसन्धानबाट थप खुल्न आएको विवरण:Ø प्रहरी वृत्त लैनचौरबाट बिगो रु २७,००,०००।–(सत्ताईस लाख) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।Ø जिल्ला प्रहरी कार्यालय दोलखाबाट बिगो रु ३७,४९,०००।–(सड्तिस लाख उनन्चास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।  

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-२०

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- विशाल बुढा मगर उमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला प्युठान नौबहिनी गा.पा.वडा नं.०१ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१४ ।     देश             :- क्यानडाविगो रकम    :- रु.१५,३०,०००।–(पन्ध्र लाख तिस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला चन्द्रागिरी न.पा. वडा नं.१४ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- निकेश ढुङ्गाना    उमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला झापा बुद्धशान्ति गा.पा. वडा नं.०२ । हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ ।देश             :- यु.के.विगो रकम    :- रु.४१,००,०००।–(एकचालिस लाख)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.१५ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।३. नाम थर      :- योगेन्द्र सिंह दनुवार   उमेर           :- ४४ वर्षस्थायी वतन :- जिल्ला मोहोत्तरी गौशाला न.पा.वडा नं.०९ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०३ । देश             :- अल्बानियाविगो रकम    :- रु.९,३४,०००।–(नौ लाख चौतिस हजार)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१९

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- तुफायल मिया जोलाहाउमेर           :- ३७ वर्षस्थायी वतन :- जिल्ला पर्सा विन्दबासिनि गा.पा.वडा नं.०५ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।     देश             :- माल्दिभ्स विगो रकम    :- रु.२,३०,०००।–(दुई लाख तीस हजार)पक्राउ मिति   :- २०८२/०५/१८ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।२. नाम थर      :- सहनसिल महर्जन    उमेर           :- ५३ वर्ष स्थायी वतन :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । देश             :- पोल्याण्ड विगो रकम    :- रु.६,२५,०००।–(छ लाख पच्चिस हजार) पक्राउ मिति   :- २०८२/०५/१९ गते । पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । ३. नाम थर      :- बिक्रम साह   उमेर           :- २० वर्षस्थायी वतन :- जिल्ला रौतहट परोहा न.पा.वडा नं.०१ ।हाल           :- जिल्ला ललितपुर ललिपुर म.न.पा. । देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,१०,०००।–(दुई लाख दश हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।४. नाम थर      :- हरिकला खाँण ठकुरी (थापा)   उमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला बाँके कोहलपुर न.पा.वडा नं.१२ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,२३,०००।–(दुई लाख तेइस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जनापठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।  

फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

वादी प्रकाश बस्नेत प्रतिवादी राम प्रसाद भट्टराई भएको चेक अनादर मुद्दामा (मुद्दा नं.०८०-C१-२७८८) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते प्रतिवादीलाई विगो वापत कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेको निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१९ गते काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौमा बुझाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: राम प्रसाद भट्टराई,   उमेर:  ४७ बर्ष,   ठेगाना:  जिल्ला तेहृथुम मेन्छयायेम गा.पा. वडा न.५ मोराहाङ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल बस्ने,   मुद्दा: चेक अनादर मुद्दा,   पक्राउ मिति: २०८२।०५।१९ गते ।   पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल   विगो रकम: रू १०,००,०००।– (अक्षरेपि दश लाख रुपैंया)   तोकिएको सजाय : विगो वापत २ (दुइ) बर्ष कैद ।    अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु: Ø प्रहरी वृत्त बालाजुमा मु.द.नं.७६८ मिति २०८२।०२।०१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । Ø प्रहरी वृत्त महाराजगंजमा मु.द.नं.२४४ मिति २०७९।०५।१६ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।    

“बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

घटना विवरण :-अनिल श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी Sakusal suppliers pvt ltd. का संचालक माधव पण्डित भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाटार बस्ने वर्ष ४४ को माधव पण्डितलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१८ गते का.जि.का.म.न.पा.वडा नं. १६ बालाजु चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिको विवरण:-१)     नाम :- माधव पण्डित   उमेर :- ४४ वर्ष ठेगाना : जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई             हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाँटार ।  बिगो रकम:- जम्मा रू. ८०,००,०००।-(असी लाख मात्र)