प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ विभिन्न बहानामा करोडौ ठगी गर्ने व्यक्तिहरु पक्राउ ”

२०८०-११-०२

  • A
  • A-
  • A+
Share

घटना विवरण :

सुनका गरगहना विदेशमा निर्यात गर्दछौं भनी जिल्ला काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरुसँग सुन खरिद गरी विश्वासमा पारी प्रलोभन देखाई ठुलो मात्रामा ठगी गरेकोमा  विरेन्द सुनारले जि.प्र.का. कास्कीमा २ करोड विगोको मुद्धा दर्ता  गरिएकोमा जि.प्र.का. कास्कीले यस कार्यालयमा पक्राउको लागी पत्राचार गरेकोमा कुमार थापालाई पक्राउ गरिएको । निज कुमार थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मिना दमै, रविन कुमार थापा र दिलीप कुमार लाभको समेत संग्लनता देखिएको र निजहरुको CRS Report हेर्दा बिभिन्न अपराधमा फरार देखिएकोमा मिना दमैलाई जिल्ला भक्तपुर सल्लाघारीबाट नियन्त्रणमा लिई जि.प्र.का. कास्कीमा १ करोड ७० लाख ५९ हजार को विगो रहेको देखिदा उक्त कार्यालयमा आवश्यक कारवाहीको लागी पठाईएको एवम् निजले चितवनमा समेत १ करोड ३६ लाख ठगी गरेको देखिएको । रविन कुमार थापाको चितवन जिल्लामा ४ वटा वैंकिङ कसुर तथा ठगी मुद्धामा २ करोड ४५ लाख ठगी गरेको देखिएको एवम्  जि.प्र.का. काठमाण्डौंमा ३ वटा मुद्धामा फरार रहेको देखिदा आवश्यक कारवाहीको लागी जि.प्र.का. चितवन पठाइएको र दिलीप कुमार लाभलाई २ वटा मुद्धामा फरार देखिएकोमा जिल्ला अदालत काठमाण्डौं पठाइएकोमा  निजले सर्वोच्च अदालतबाट वन्दी प्रत्यक्षीकरणको रिटबाट जरीवाना दाखिला गरेको देखिदा छाडिएको ।

अनुसन्धान क्रममा खुल्न आएका कुराहरु:-‍

·        पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरीद गरी विश्वास जितेपछि १ करोड ८० लाखका गहना वाहिर निर्यात गर्ने भनी लिई चेक दिई योजना बद्ध रुपमा ठगी गरी फरार रहेको ।

·        भक्तपुर सुडालमा अरु व्यक्तिको नाममा रहेको जग्गा दिलाई दिने भनी दिलीप कुमार लाभले बैना गरी उक्त जग्गा परिवार अटो मोवाइलका संचालकसँग ३ वटा  निसान किक्स गाडी संचालकबाट २६ लाख रकम लिई १२ आना जग्गा  दिन्छु भनी  नदिई सम्पर्क विहीन भएको ।

·        परिवार अटो मोवाइल प्रा.लि. बाट प्र.०१-०२३-०१४४ नम्वरको निसान किक्स गाडी ५४ लाख ५० हजार मुल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएकोले  निजहरुलाई पक्राउ गरेको थाहा पाई उक्त कम्पनीले यस कार्यालयमा निवेदन दिएकोमा दिलीप कुमार लाभबाट कम्पनीलाई गाडी फिर्ता दिलाइएको ।

·        चितवनमा जग्गा दिन्छु भनी  अन्य व्यवसायीहरुको जग्गा बैना गरी १ करोड  ३६ लाख ठगी गरेको पाइएको ।

·         मिना दमै उपर जि.प्र.का. कास्कीमा ७ वटा ठगी मुद्धा दर्ता भएको र चितवनमा २ वटा मुद्धा दर्ता भएकोमा  फरार रहेको ।

·        कुमार थापा विरुद्ध जि.प्र.का. कास्कीमा २ करोड वैंकिङ कसुर मुद्धा दर्ता भएकोमा फरार रहेको ।

·        रविन कुमार थापा जि.प्र.का. चितवनमा ४ वटा मुद्धा र काठमाण्डौंमा ३ वटा मुद्धा दर्ता भई फरार रहेको ।  

·        कुमार थापाले मिना दमैलाई  देखाई निजको नामको चेक दिने र निज बाटै कारोबार गर्ने र महिलाबाट कारोबार गर्दा विश्वास पार्न महिला प्रयोग गर्ने देखिएको ।

·        निजहरु ४ जनाले समुह  बनाई विभिन्न बहानामा विभिन्न व्यक्तिहरुलाई  ठगी गर्ने र ठगी गर्ने क्रममा सुनका गहना, गाडी र  जग्गाको कारोबार गर्ने देखाई विश्वासमा पार्न ठुलो कारोबार भएको देखाउने गरेको ।

 

पक्राउ व्यक्तिहरु:-

१.      नाम थर : कुमार थापा

उमेर     : ३३ वर्ष

वतन    : जिल्ला काभ्रेपलान्चोक भुम्लु गा.पा. वडा नं. ०३

हाल    : जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३० ढुङ्गेपाटन ।

मुद्धा : वैंकिङ कसुर मुद्धा ( विगो २ करोड )

पक्राउ मिति : २०८०।१०।२८ गते अं. १७:०० बजे जिल्ला भक्तपुर कमलबिनायक ।

पठाइएको स्थान : जि.प्र.का. कास्की ।

२.      नाम थर : मिना दमै

उमेर    : ४२ बर्ष

वतन   :  जिल्ला स्याङजा पुतलीबजार न.पा. वडा नं. ०४

      हाल    :  जिल्ला कास्की लेखनाथ न.पा. वडा नं. ३० ।

      मुद्धा   : वैंकिङ कसुर एवम् ठगी मुद्धा ( विगो ३ करोड ६५ लाख ५९ हजार )

      फरार मुद्धा संख्या : ९ वटा

      पक्राउ मिति : मिति २०८०।१०।२९ गते अं. १६:०० बजे जि.भ. सुर्यविनायक न.पा. वडा ०५ सल्लाघारी ।

      पठाइएको स्थान : जि.प्र.का. कास्की ।

३.      नाम थर : रविन कुमार थापा

उमेर     : ४३ बर्ष

      वतन    : जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं. ०५ खनियाखर्क ।

      हाल    : जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. ०८ ।

     मुद्धा : वैंकिङ कसुर एवम् ठगी मुद्धा    ( विगो २ करोड ६०लाख )

    फरार मुद्धा संख्या : ७ वटा

     पक्राउ मिति : मिति २०८०।१०।२९ गते अं. १८:०० बजे का.जि.का.म.न.पा. वडा नं. ०९  सिनामंगल  ।

    पठाइएको स्थान : जि.प्र.का. चितवन ।

४.      नाम थर: दिलीप कुमार लाभ

     उमेर: ३९

     वतन : जिल्ला सप्तरी सप्तकोशी न.पा. वडा नं. ०६ बोहोचे

    हाल : जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ सिनामंगल ।

    मुद्धा : वैंकिङ कसुर मुद्धा ( विगो ११ लाख )

    पक्राउ मिति : मिति २०८०।१०।२९ गते अं. १८:०० बजे का.जि.का.म.न.पा. वडा नं. ०९  सिनामंगल  ।

    पठाइएको स्थान :जिल्ला अदालत काठमाण्डौं ।

·        निजहरु ४ जनाबाट ठगी भएको रकम विगो जम्मा ‍७ करोड ७७ लाख ५९ हजार ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि हंगेरी पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-११-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि हंगेरी लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- महेश तामाङ   उमेर            :- ५६ वर्ष    स्थायी वतन  :- जिल्ला दोलखा कालिन्चोक गा.पा. वडा नं.४ ।   हाल           :- जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.८ ।देश             :- हंगेरीविगो रकम    :- रु.३,००,०००।– (तीन लाख)पक्राउ मिति   :- २०८२/११/०१  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- जटाधर राउत   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.१ ।हाल           :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.१ ।देश             :- बेलायत र रोमानियाविगो रकम    :- रु.८०,००,०००।– (असि लाख)पक्राउ मिति   :- २०८२/१०/२७  गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ । पीडित संख्या :- ५ जना ।

“वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- ठमराज नेपाली परियार   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.३ । पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ ।२. नाम थर      :- राम कुमार राई   उमेर            :- ३९ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा  नं.१ । पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,८०,०००।– (दुई लाख असि हजार)पक्राउ मिति   :- २०८२/१०/२७ गते । पीडित संख्या :- १ जना ।

“ डाँका र ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी १० वर्ष पछि पक्राउ ”
२०८२-१०-२८

नेत्र बहादुर बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश भन्ने धावा छिरिङ तामाङ समेत भएको डाँका र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतको मिति २०७४।०९।०४ गतेको फैसला बमोजिम राकेश भन्ने धावा तामाङ समेतलाई जनही १० (दश) बर्ष कैद र रु.१,००,१८९।- (अक्षेरुपी एक लाख एकसय उनानब्बे रुपैँया) जाहेरवालालाई भराउने ठहर भएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।१०।२७ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्णबाट राकेश भन्ने धावा छिरिङ तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयणको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरणःनाम थर : राकेश भन्ने धावा छिरिङ तामाङउमेर : ३९ वर्षठेगाना: जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.०४ हालः जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्ण 

“ ६० लाख डकैती गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-१०-२७

मिति २०८२/१०/१४ गते दिनको अन्दाजी १६:०० बजको समयमा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद रु. ६०,००,०००।– (साठ्ठी लाख रुपैयाँ) ल्याउन लगाई ८/९ जना व्यक्तिहरुको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं  पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.     नामथरः- दिपक आले मगर                                            ३. नामथरः- जिवन तामाङउमेरः- २७ बर्ष                                                                                उमेरः-२८ बर्षठेगानाः- जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं. १०                         ठेगानाः- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ७,हाल:- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ५ बस्ने ।                       हालः- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ५ बस्ने ।पक्राउ स्थानः- जिल्ला भक्तपुर शीर्जनानगर                                             पक्राउ स्थानः- का.जि. बाइपास ।                                                           पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                      पक्राउ मितिः-२०८२।१०।१८ गते ।२.     नामथरः- बिक्रम तामाङ                                                            ४. नामथरः- कर्ण बहादुर सुनारउमेरः- ३२ बर्ष                                                                                  बर्षः- ३८ बर्षठेगानाः- जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं. ३ पार्चा ।                            ठेगानाः- जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १३ हाल:- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ बस्ने ।              हालः- का.जि.का.म.न.पा. वडा नं. ९ एयरपोर्ट बस्ने ।पक्राउ स्थानः- का.जि. बाइपास  ।                                                         पक्राउ स्थानः- का.जि. का.म.न.पा. टेकु । पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                       पक्राउ मितिः- २०८२।१०।२० गते ।

“कस्तुरी मृगको बिना (आखेटोपहार) सहित मानिसहरु पक्राउ”
२०८२-१०-२७

जिल्ला काठमाण्डौ शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको विनाको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरु सम्बन्धमा अनुसन्धान, पहिचान एवं खोजतलास गर्दै जाँदा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२७ गते जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. ११ नेपालटार शेषमती स्थितको सडकबाटोमा हिडिरहेको अवस्थामा  सरोज परियार र जितेन्द्र बहादुर चन्दलाई पक्राउ गरी निजहरुको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० (तिस) ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) थान-१ फेला पारी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन,२०२९ बमोजिमको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : सरोज परियार उमेर : ३९ वर्ष                                                                                ठेगाना : जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने । २)     नाम:- जितेन्द्र बहादुर चन्दउमेर:- ३२ बर्ष ठेगाना :- जिल्ला बैतडी पाटन न.पा.वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने ।