“फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०८०-११-०३
- A
- A-
- A+
घटना विबरण
मिति २०८०/१०/२८ गते का.जि.गोकणेश्वर न.पा.वडा नं.४ माकलवारी स्थित दिलमाया
आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई भित्र
प्रबेश गरी सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा रू. ६५,००,०००/- ( अक्षरुपी पैसठ्ठी लाख ) बराबरको धनमाल चोरी गरी फरार रहेको घटनामा संलग्न
भारत देश समस्तिपुर जिल्ला मोहदीनगर घर भई हाल का.जि. का.म.न.पा. वडा न ८ तिलगंगा
बस्ने बर्ष २६ को लक्का भन्ने विकास पोदार समेतका मिति २०८०/११/०२ गते का.जि.का.म.न.पा.वडा नं. ३२ जडिबुटी
बाट पक्राउ गरी थप अनुसन्धान गर्दै जादा निज समेत संलग्न भई मिति २०८०/१०/२४ गते का.जि.बु.न.पा.वडा
नं.१० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रू २५,००,०००/- ( अक्षरुपी पच्चिस लाख ) बराबरको धनमाल र मिति २०८०/१०/२८ गते का.जि.गोकणेश्वर न.पा.वडा
नं.३ गिता राईको घरबाट सुन तथा चाँदीका गर गहना तथा नगद समेत गरि अन्दाजि रू. ४,१०,०००/- ( अक्षरुपी चार लाख दश हजार ) बराबरको धनमाल समेत चोरी गरी लगेको भन्ने खुल्न आएको
हुँदा अन्य व्यक्तिहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी
वृत, बौद्ध पठाईएको ।
पक्राउ प्रतिवादीहरु :-
१. नाम :- लक्का भन्ने विकास पोदार
उमेर :- २६ वर्ष
ठेगाना :- भारत देश समस्तीपुर जिल्ला मोहदीनगर
हालको ठेगाना :- का.जि.का.म.न.पा.तिलगंगा
२. नाम:- जितेन्द्र पोदार
उमेर :- २८ वर्ष
ठेगाना :- भारत देश वेगुसरा जिल्ला बरौनी
हालको ठेगाना :- का .जि.का.म.न.पा. तिलगंगा
३. नाम :- भाईलाल पोदार
उमेर :- २७ बर्ष
ठेगाना :- भारत देश बैशाली जिल्ला बिहार बुधुपुर
हालको ठेगाना :- का.जि.का.म.न.पा. तिलगंगा
४. नाम :- संजय पोदार
उमेर :- ४० वर्ष
ठेगाना :- भारत देश समस्तीपुर जिल्ला विध्यापती थाना
हाल :- का.जि.का.म.न.पा. तिलगंगा
५. नाम :- मञ्जु देवी पोदार
उमेर :- ५० वर्ष
ठेगाना :- भारत देश समस्तिपुर जिल्ला
हाल ठेगाना :- का.जि.का.म.न.पा.तिलगंगा