“डर, त्रास तथा धम्कि दिई ५० लाख रकम माग गर्ने व्यक्तिहरू पक्राउ”
२०८०-११-०८
- A
- A-
- A+
केही ब्यक्तिहरुले योजनावद्ध तरिकाले पिडितलाई पटक-पटक फोन मार्फत
तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ने.रू. ५० लाख माग गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान
टोलीले मिति २०८०।११।०६ गते जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. ०९
मच्छेगाउँबाट हृदयराज बोगटी समेतका
२ जना व्यक्तिहरूलाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि
जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरु :
१. नाम : हृदयराज
बोगटी
उपनाम : विश्वजित बटला
उमेर : ३६ बर्ष
ठेगाना : जिल्ला कैलाली, टिकापुर न.पा.वडा नं.०१
२. नाम : नरहरि
ढुगाना
उपनाम : रमेश
उमेर : ३६ बर्ष
ठेगाना : जिल्ला
नुवाकोट, ककनी न.पा.वडा नं.०३
बरामद सामानहरुः
१. मोटरसाईकल (सु.प.प्र.-०१००९ प ६६१०) - १
थान
२. बिभिन्न कम्पनिका मोवाइलहरु - ४ थान
३. नेपाल कम्युनिष्ट पार्टि (माओबादि) को सहयोग रसिद - १ ठेलि