“ कोरिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-०९
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला गोरखा, गोरखा न.पा. वडा
नं. १४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ सामाखुशी बस्ने सोम
बहादुर मास्की मगरको छोरा बर्ष ३५ को बाबुराम थापाले अमिर तामाङ समेत ३ जनालाई वैदेशिक
रोजगारीको लागि कोरिया पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. ७,५०,०००/-(
अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ ) लाग्छ, कोरिया पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा
काम लगाइदिन्छु, मासिक रु. २,५०,०००/- ( अक्षेरुपी दुई लाख पचास हजार रुपैयाँ ) तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ९,००,०००/-
( अक्षेरुपी नौ लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बाबुराम थापाको खोजतलास गर्ने क्रममा मिति
२०८०।११।०८ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
निम्न:
नाम थर : बाबुराम
थापा
उमेर : ३५ वर्ष
वतन : जिल्ला
गोरखा, गोरखा न.पा. वडा नं. १४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६
सामाखुशी ।