“ यु.के. पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-१०
- A
- A-
- A+
जिल्ला
बाग्लुङ बडिगाड गा.पा. वडा नं. ०९ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.
२८ बागबजार बस्ने पुर्ण बहादुर के.सी. को छोरा बर्ष ३६ को पाण्डप भन्ने युद्ध बहादुर
के.सी.ले सारदा सुवेदी समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि यु.के. पठाईदिन्छु,
त्यसको लागि प्रतिव्यक्ति रु. २६,००,०००/-( अक्षेरुपी छब्बिस लाख रुपैयाँ ) लाग्छ,
यु.के. पुगेपछि Care Giver काम लगाइदिन्छु,
मासिक रु. १०,५०,०००/- ( अक्षेरुपी दश लाख पचास हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ७६,००,०००/- (
अक्षेरुपी छयहत्तर लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निज पाण्डप भन्ने युद्ध बहादुर के.सी.को खोजतलास
गर्ने क्रममा मिति २०८०।११।०९ गते अं. १९:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. २८ बागबजारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : पाण्डप
भन्ने युद्ध बहादुर के.सी.
उमेर : ३६ वर्ष
वतन : जिल्ला बाग्लुङ बडिगाड गा.पा. वडा नं. ०९ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ बागबजार ।