बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-११-१०
- A
- A-
- A+
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको
मिति २०८०/०३/११ गतेको फैसलाले बिगो रु १५,००,०००।- जाहेरवालालाई भराई बिगो बमोजिम रु १५,००,०००।- जरिवाना र ६०,०००।-
क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१५
स्थायी घर भएको वर्ष ३७ को आभास अर्याललाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान
कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।११।१० गते दिउँसो अं. १:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ बानेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति
२०८०।११।१० गते सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको
पक्राउ प्रतिवादीः
नाम:- आभास अर्याल
उमेर:- ३७
वर्ष
वतन:- जिल्ला मोरङ विराटनगर म.न.पा.वडा नं.१५