“बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८०-११-१०
- A
- A-
- A+
जिल्ला
काभ्रेपलान्चोक साविक मल्पी गा.वि.स. वडा न. ३ परिवर्तित पनौती नगरपालिका वडा नं. ८ घर भई हाल ललितपुर जिल्ला ललितपुर
महानगरपालिका वडा नं. १२ लगनखेल बस्ने थाक्से कामीको छोरा बर्ष ५० को कान्छा लगुन
भएको बैंकिङ कसुर(मुद्दा नं. ०७९-CB-२९३९)
मुद्दामा सम्मानित उच्च अदालत पाटन
ललितपुरको मिति २०८०/०१/१७ गतेको फैसलाले ४ (चार) दिन कैद, बिगो रू.१३,००,०००।–(तेह्र
लाख रुपैया) जाहेरवालालाई भराई बिगो बमोजिम रू.१३,००,०००।–(तेह्र लाख रुपैया)
जरीवाना र क्षतिपुर्ति बापत पीडित राहतकोषमा रू.५२,०००।–(बाउन्न हजार रुपैया)
जम्मा गराउने ठहर भई फरार रहेका प्रतिवादी कान्छा लगुनलाई मिति २०८०।११।१० गते ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा
नं.१२ लगनखेल स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ
जिल्ला अदालतमा उपस्थित गराईएको ।
पक्राउ
व्यक्तिः-
नामः कान्छा लगुन
उमेर : ५० वर्ष
ठेगानाः जिल्ला काभ्रे पनौती न.पा. वडा नं. ८ घर भई हाल ललितपुर जिल्ला ललितपुर म.न.पा.-१२ लगनखेल बस्ने ।