“ क्यानडा पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ ”
२०८०-११-११
- A
- A-
- A+
जिल्ला
झापा हल्दिबारी गा.पा. वडा नं. ०१ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा.
वडा नं. ०४ कपन बस्ने भुपेन्द्र भट्टराईको छोरा अल शाहिद ओभरसिज प्रा.लि. को
संचालक बर्ष ४० को बलराम भट्टराईले रविन्द्र मण्डललाई वैदेशिक रोजगारीको लागि क्यानडा
पठाईदिन्छु, त्यसको लागि रु. ३०,००,०००/-( अक्षेरुपी तीस लाख रुपैयाँ ) लाग्छ, क्यानडा
पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. ४,५०,०००/- ( अक्षेरुपी चार
लाख पचास हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट
पटक पटक गरी जम्मा रु. २०,००,०००/- ( अक्षेरुपी बीस लाख रुपैयाँ ) रकम लिई सम्पर्क
विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज अल शाहिद ओभरसिज
प्रा.लि. को संचालक बलराम भट्टराईको खोजतलास गर्ने क्रममा मिति २०८०।११।१० गते अं.
१६:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ सुकेधाराबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
निम्न:
नाम थर : बलराम
भट्टराई
उमेर : ४० वर्ष
वतन : जिल्ला झापा हल्दिबारी गा.पा. वडा नं. ०१ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०४ कपन