“ कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-११
- A
- A-
- A+
जिल्ला
सिराहा बरियारपट्टी गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा
नं. ११ बस्ने मोहम्मद निजमुदिनको छोरा बर्ष ३२ को मोहम्मद गुलाबले राजु परियारलाई वैदेशिक
रोजगारीको लागि कतार पठाईदिन्छु, त्यसको लागि रु. २,५०,०००/-( अक्षेरुपी दुई लाख
पचास हजार रुपैयाँ ) लाग्छ, कतार पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक
रु. ५०,०००/- ( अक्षेरुपी पचास हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा
पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. २,००,०००/- ( अक्षेरुपी दुई लाख रुपैयाँ
) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मोहम्मद
गुलाबको खोजतलास गर्ने क्रममा मिति २०८०।११।१० गते अं. १४:०० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ०९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : मोहम्मद
गुलाब
उमेर : ३२ वर्ष
वतन : जिल्ला सिराहा बरियारपट्टी गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ११ टोखा ।