“दिनको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-११-१३
- A
- A-
- A+
मिति २०८०/११/०६ गते दिउँसोको
समयमा जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल बासुकी टोल स्थित
मनिष डाँगीको ३ तले पक्की घरमा कोही नभएको अवस्थामा नगद,
गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत गरी रू.४५,००,०००/- ( रू. पैतालिस लाख ) बराबरको धनमाल
चोरी भएको घटनामा CCTV फुटेज तथा प्राविधिक विश्लेषण समेतको
अनुसन्धानको क्रममा खुल्न आएका चोरी गर्ने निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट
खटिई गएको प्रहरी टोलीले मिति २०८०/११/१२ गते ललितपुर महालक्ष्मी नगरपालिका वडा
नं. १ इमाडोल बासुकी टोलबाट चोरी भएका धनमाल सहित पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाईएको ।
चोरी घटनामा पक्राउ
व्यक्तिहरु :-
१. नाम :- अनुप तामाङ
उमेर :- २१ वर्ष
ठेगाना :-जिल्ला दोलखा शैलुङ गा.पा. वडा नं.०६ थैचाप
२. नाम :- रबिन तामाङ
उमेर :- २० वर्ष
ठेगाना :- जिल्ला दोलखा शैलुङ गा.पा. वडा नं.०६ थैचाप
३. नाम :- राजन श्रेष्ठ
उमेर :- २४ वर्ष
ठेगाना :- जिल्ला ललितपुर गोदाबरी नगरपालीका वडा नं. ०६ फैडोल ।