“ रसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-१३
- A
- A-
- A+
जिल्ला
खोटाङ हलेसी तुवाचुङ न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं नागअर्जन न.पा.
वडा नं. ०१ रानीबन बस्ने ईन्द्र बहादुर राईको छोरा बर्ष ३० को सयन्द्र राई समेतले शेर
बहादुर तुम्बापोलाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु, त्यसको लागि रु. ६,५०,०००/-(
अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ ) लाग्छ, रसिया पुगेपछि प्रतिष्ठित कम्पनिमा
काम लगाइदिन्छु, मासिक रु. ३,५०,०००/- ( अक्षेरुपी तीन लाख पचास हजार रुपैयाँ ) तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ६,५०,०००/-
( अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सयन्द्र राईको खोजतलास गर्ने क्रममा मिति
२०८०।११।१० गते अं. २१:०० बजेको समयमा जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं. ०१
बाट र सविन कुमार राईलाई मिति २०८०।११।११ गते अं. १४:०० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. १४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१.
नाम
थर : सयन्द्र राई
उमेर : ३० वर्ष
वतन : जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं नागार्जुन न.पा वडा नं. ०१ रानीबन ।
२. नाम थर : सविन कुमार राई
उमेर : ३६ वर्ष
वतन : जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. २६ ढोलाहिटी