"अवैध रुपमा हुण्डीको कारोवारमा संलग्न व्यक्ति पक्राउ"
२०८०-११-१६
- A
- A-
- A+
काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८०।११।१४ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २ लाजिम्पाटमा चिन, संघाई शहर घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ३ गठ्ठाघर बस्ने राहदानी नं. EJ7279051 (China) बाहक बर्ष २८ को चाईनिज नागरिक Zhou Jiayu लाई फेला पारी निजको शरीर खानतलासी गर्दा निजले बोकेको झोला भित्र नेपाली रू.१,०००।- दरको नोट ८०० थानको रू.८,००,०००।- र रू.५००।- दरको नोट ८०० थानको रू.४,००,०००।- गरी जम्मा रू.१२,००,०००।– (ब्राह लाख) नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गर्ने उद्देश्यले बोकी हिडेकोले उक्त नगद बरामद गर्नुका साथै Zhou Jiayu लाई नियन्त्रणमा लिई नेपाल राष्ट्र बैक अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको ।
नाम : Zhou Jiayu
उमेर : २८ बर्ष
ठेगाना
: चिन, संघाई
हाल : जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.
३ गठ्ठाघर