“दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-११-१७
- A
- A-
- A+
जिल्ला
बारा सिम्रौनगढ न.पा. वडा नं. ०८ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६
बनस्थली ढुङगेधारा बस्ने मस्तकिम मिया धोविको छोरा बर्ष २६ को पुरमान भन्ने फरमान
हवारीले निरज सेन्चुरी समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु,
त्यसको लागि प्रतिव्यक्ति रु. ३,५०,०००/-( अक्षेरुपी तीन लाख पचास हजार रुपैयाँ )
लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ७०,०००/- (
अक्षेरुपी सत्तरी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ११,६६,०००/- ( अक्षेरुपी एघार लाख छैसठी हजार रुपैयाँ
) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयमा प्राप्त हुन आएकोमा यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निज पुरमान भन्ने फरमान हवारीको खोजतलास गर्ने
क्रममा मिति २०८०।११।१६ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौं कागेश्वरी
मनहरा न.पा. वडा नं. ०८ गोठाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्ति:-
नाम थर : पुरमान भन्ने फरमान हवारी
उमेर : २६ वर्ष
वतन : जिल्ला
बारा सिम्रौनगढ न.पा. वडा नं. ०८ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.
१६ बनस्थली
ढुङगेधारा ।