“चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-११-१८
- A
- A-
- A+
जिल्ला
झापा गौरादह न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा
नं. १० साप्रेढुंगा पुल बस्ने देवराज कार्कीको छोरा बर्ष २७ को अशोक कार्कीले कृष्ण
कुमार के.सी समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाईदिन्छु,
त्यसको लागि प्रतिव्यक्ति रु. ९,००,०००/-( अक्षेरुपी नौं लाख रुपैयाँ ) लाग्छ, चेक
रिपब्लिक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- (
अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट
पटक पटक गरी जम्मा रु. ३,८५,०००/- ( अक्षेरुपी तीन लाख पचासी हजार रुपैयाँ ) रकम लिई
सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज अशोक
कार्कीको खोजतलास गर्ने क्रममा मिति २०८०।११।१७ गते अं. १७:१० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ११ बवरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्ति:-
नाम थर : अशोक कार्की
उमेर : २७ वर्ष
वतन : जिल्ला
झापा गौरादह न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा
नं. १० साप्रेढुंगा
पुल ।