" कर्तब्य ज्यान गरी फरार रहेका प्रतिवादी पक्राउ ”
२०८०-११-२०
- A
- A-
- A+
मिति २०८०।११।१० गते जिल्ला तेह्रथुम छथर गा.पा.वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.८ सिपाडोल बस्ने बर्ष ३३ को गोपाल ढकाल कि श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सुर्यविनायक जंगलमा रु २,००,०००।– लिई आउनु भनि फोन आएको भनि पिडित प्रहरी वृत्त जगातीमा उपस्थित भई सुचना प्राप्त भएपश्चात निजको खोजतलास गर्दै जादा निज मिति २०८०।११।११ गते १०:०० बजेको समयमा भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ८ स्थित रोधन बस्नेतको गोठमा गोपाल प्रसाद ढकाल मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्दै जाँदा जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ६ घर भएको प्रेम बहादुर सुवालको छोरा बर्ष २९ को सन्तोष सुवाल उक्त घटनामा संलग्न भई वरदात पश्चात फरार रहेको खुल्न आएकोले निजको खोज तलास गर्दै जाँदा जिल्ला काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नम्बर-६ बाट मिती २०८०।११।१९ गते निजलाई मृतकको मोबाईल सहित पक्राउ गरि थप अनुसन्धानको लागि प्रहरी बृत जगाती, भक्तपुर पठाईएको ।
पक्राउ परेका ब्यक्तिहरु:
नाम थर : सन्तोष सुवाल
उमेर: २९ बर्ष
स्थायि वतन: जिल्ला भक्तपुर चागुनारायण
न.पा. वडा नं. ६
बरामद समाग्री:-
१.
मृतकको VIVO मोवाईल थान- १