“ काजिकिस्तान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-२१
- A
- A-
- A+
जिल्ला
सिन्धुली कमलामाई न.पा. वडा नं. १२ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. २६ नयाँ बसपार्क बस्ने दिप बहादुर गुर्मछानको छोरी बर्ष ४० की नेत्रमाया
गुर्मछानले असिमेष श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि काजिकिस्तान पठाईदिन्छु,
त्यसको लागि रु. ६,५०,०००/-( अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ ) लाग्छ, काजिकिस्तान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ७०,०००/- ( अक्षेरुपी सत्तरी
हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक
गरी जम्मा रु. ६,५०,०००/- ( अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ ) रकम लिई सम्पर्क
विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज नेत्रमाया गुर्मछानको
खोजतलास गर्ने क्रममा मिति २०८०।११।२० गते अं. १४:०० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. २६ मित्रनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्ति:-
नाम थर : नेत्रमाया गुर्मछान
उमेर : ४० वर्ष
वतन : जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १२ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्क ।