“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-२३
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला
रामेछाप उमाकुण्ड न.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. ०४ बालुवाटार बस्ने हिम्मत बहादुर थापाको छोरा बर्ष २६ को गोविन्द थापाले ईन्द्र
कुमार खवासलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु, त्यसको लागि रु. ८,००,०००/-(
अक्षेरुपी आठ लाख रुपैयाँ ) लाग्छ, पोल्याण्ड पुगेपछि, प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु,
मासिक रु. १,००,०००/- ( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ३,७०,०००/- ( अक्षेरुपी तीन लाख
सत्तरी हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले निज गोविन्द थापाको खोजतलास गर्ने क्रममा मिति २०८०।११।२२ गते अं. १६:००
बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ पुतलीसडकबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
ब्यक्ति:-
नाम थर : गोविन्द थापा
उमेर : २६ वर्ष
वतन : जिल्ला
रामेछाप उमाकुण्ड न.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. ०४ बालुवाटार ।