“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-२३
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला
बाग्लुङ जैमिनी न.पा. वडा नं. ०८ घर भई हाल जिल्ला काठमाण्डौं तार्केश्वर न.पा.
वडा नं. १० मनमैजु बस्ने चुडामणी पाध्यको छोरा बर्ष ५६ को शेषकान्त शर्माले तुल
बहादुर बलाललाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु, त्यसको लागि रु. ७,००,०००/-(
अक्षेरुपी सात लाख रुपैयाँ ) लाग्छ, रोमानिया पुगेपछि, प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु,
मासिक रु. ९०,०००/- ( अक्षेरुपी नब्बे हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. १,००,०००/- ( अक्षेरुपी एक लाख
रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी
टोलीले निज शेषकान्त शर्माको खोजतलास गर्ने क्रममा मिति २०८०।११।२२ गते अं. १७:००
बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ मिनभवनबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
ब्यक्ति:-
नाम थर : शेषकान्त शर्मा
उमेर : ५६ वर्ष
वतन : जिल्ला
बाग्लुङ जैमिनी न.पा. वडा नं. ०८ घर भई हाल जिल्ला काठमाण्डौं तार्केश्वर न.पा.
वडा नं. १० मनमैजु ।