“ माल्दिभ्स पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-११-२४
- A
- A-
- A+
जिल्ला
म्याग्दी बेनी न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०६
बस्ने खुम बहादुर शाहीको छोरा बर्ष ३८ को सुनिल शाहीले सुन बहादुर गोलेलाई वैदेशिक
रोजगारीको लागि माल्दिभ्स पठाईदिन्छु, त्यसको लागि रु. ३,५०,०००/-( अक्षेरुपी तीन लाख
पचास हजार रुपैयाँ ) लाग्छ, माल्दिभ्स पुगेपछि, प्रतिष्ठित कम्पनीमा ड्राइभिङ काम लगाइदिन्छु,
मासिक रु. ७०,०००/- ( अक्षेरुपी सत्तरी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. ३,५०,०००/- ( अक्षेरुपी तीन लाख
पचास हजार रुपैयाँ ) रकम लिई सम्पर्क
विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुनिल शाहीको खोजतलास
गर्ने क्रममा मिति २०८०।११।२३ गते अं. १२:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ०९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
ब्यक्ति:-
नाम थर : सुनिल शाही
उमेर : ३८ वर्ष
वतन : जिल्ला म्याग्दी बेनी न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०६ ।