"बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-११-२७
- A
- A-
- A+
संगिता कुमारी बुढाथोकिको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रविण संग्रौला भएको बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मुद्धा नं. ०७८-CB-१०४६, मिति २०८०/०१/१५ गते भएको फैसला अनुसार ७ (सात) दिन कैद, रु.२१,००,०००।– (अक्षरुपी एक्काईस लाख रूपैयाँ) विगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क रु. ८४,०००।–(अक्षरुपी चौरासी हजार रूपैयाँ) भराउने गरी फैसला भई फरार रहेका झापा जिल्ला साविक अनारमनी गा.वि.स. वडा नं.०१ हाल परिवर्बतित ऐ. बिर्तामोड न.पा. वडा नं. ६ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ११ कपन बस्ने बर्ष ४२ को प्रविण संग्रौलालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०/११/२५ गते अं.१६:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ म.न.पा.२१ सुन्धाराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०८०/११/२७ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाईएको ।
पक्राउ व्यक्ति:-
नामः-
प्रविण संग्रौला
उमेरः-
४२ वर्ष
स्थायी
ठेगानाः- झापा जिल्ला साविक अनारमनी गा.वि.स. वडा नं.०१
हाल परिवर्बतित
ऐ. बिर्तामोड न.पा. वडा नं. ६
पक्राउ मितिः- २०८०/११/२५ गते ।
पक्राउ स्थानः- काठमाण्डौ जिल्ला का.म.न.पा.२१ सुन्धारा