“ लागु औषध कारोबारमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-११-२७
- A
- A-
- A+
घटना विवरण :
ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त भएकोमा उक्त सूचनाको आधारमा लागु औषध कारोबार गर्ने ब्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात लागु औषध खैरो हेरोईन जस्तो देखिने (४० ग्राम) साना-साना प्लाष्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.- २४ आँखीदह बस्ने वर्ष-३६ को अनिल गिरीलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान एवं कारवाहीको लागी मिति २०८०।११।२७ गते प्रहरी बृत सातदोबाटो पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण :
नाम :- अनिल गिरी
उमेर :- ३६ बर्ष
वतन : - जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा
नं.-२४ धापाखेल