“अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-११-२९
- A
- A-
- A+
जिल्ला
उदयपुर त्रियुगा न.पा. वडा नं. ०७ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.
१० गंगबु बस्ने बिर बहादुरको छोरा बर्ष ३६ को लोक बहादुर राउतले खिमा डाँगी समेत २
जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. ८०,००,०००/-(
अक्षेरुपी असी लाख रुपैयाँ ) लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु,
मासिक रु. ७,५०,०००/- ( अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ६०,००,०००/- (
अक्षेरुपी साठी लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले निज लोक बहादुदर राउतको खोजतलास गर्ने क्रममा मिति २०८०।११।२८ गते
अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. १० गंगबुबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
पक्राउ
ब्यक्ति:-
नाम थर : लोक बहादुर राउत
उमेर : ३६ वर्ष
वतन : जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ०७ घर भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. १० गंगबु ।